देशभर चिसो बढ्यो, तराईमा हुस्सु–कुहिरो
प्रकाशित मिति
२०८२ पुष २३ गते, बुधबार ०९:११
२३ पुस,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार हाल देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । तराई भू–भागमा हुस्सु तथा कुहिरोको प्रभावका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने विभागले जनाएको छ ।

यस अवस्थालाई ध्यानमा राख्दै विभागले सर्वसाधारणलाई दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन अनुरोध गरेको छ ।

आज दिउँसो र राति तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहने सम्भावना रहेको छ । यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।




प्रतिकृया