• ४ साउन २०८३, सोमबार
  • ७:२५ बेलुका

मेयर बालेनले जाँचबुझ आयोगलाई लिखित जबाफ बुझाए

प्रकाशित मिति

२०८२ पुष २२ गते, मंगलवार ०४:३५

२२ पुस,२०८२ काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगलाई लिखित जबाफ बुझाएका छन्।

आयोगले पठाएका प्रश्नहरूको जवाफस्वरूप शाहले लिखित जबाफ पेस गरेको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए। उनका अनुसार आयोगले बयान लिने प्रक्रिया लगभग सम्पन्न भइसकेको छ। पछिल्लो समय जेन जी प्रतिनिधिहरूको पनि बयान लिइएको छ।

Kamana Sewa

यसअघि आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, आइजिपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आइजिपी राजु अर्याललगायतको बयान लिएको थियो। आयोगले हालसम्म डेढ सयभन्दा बढी व्यक्तिको बयान लिइसकेको जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया