• ४ साउन २०८३, सोमबार
  • ३:५२ बिहान

रवि लामिछाने आज रुपन्देही जाँदै, धरौटी बुझाएर थुनामुक्त हुने तयारी

प्रकाशित मिति

२०८२ पुष ४ गते, शुक्रबार ११:४५

४ पुस,२०८२ काठमाडौं— धरौटीमा रिहा हुन उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट आदेश पाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रुपन्देही जाँदैछन्।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई बिहीबार न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले बैंक जमानत लिएर रिहा गर्न आदेश दिएको थियो।

Kamana Sewa

हिजो नै रिहा हुने भनिए पनि छुट पुर्जी तयार नभएकाले प्रक्रिया ढिलो भएको र आज मात्र रिहाइ हुने भएको हो। त्यसका लागि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भैरहवा पुगेर छुट पुर्जी लिन रुपन्देही जिल्ला अदालत जाने कार्यक्रम छ।

Classic Tech Desktop

रुपन्देही जिल्ला अदालतमा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि आजै लामिछाने थुनामुक्त हुने उनको निकट स्रोतले जनाएको छ।

यसअघि रिहाइ आदेश आएपछि उनका समर्थकहरू बिहीबार पञ्चेबाजासहित नख्खु कारागारमा पुगेका थिए।

प्रतिकृया