• ४ साउन २०८३, सोमबार
  • ३:२२ बिहान

नेपाल बैंकको ‘टप अप गरौं बोनस पाऔं’ अभियान सञ्चालनमा

प्रकाशित मिति

२०८२ पुष ४ गते, शुक्रबार ११:३१

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई लक्षित गरी बैंकको सेवा प्रदायक क्यात इन्टरनेसनल प्रालिको सहकार्यमा ब्राण्ड प्रवद्र्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि २०८२ पौष महिनाभरि लागू हुनेगरी “टप अप गरौं बोनस पाऔं अभियान सञ्चालन गरेको छ ।

सो अभियान अवधिभर २ सय रुपियाँ वा सो भन्दा माथिको रकम एन–बी–एल मोबाइल बैंकिङ एपमार्फत टपअप गर्ने ८० जनालाई १ सय रुपियाँका दरले बोनस प्रदान गरिने र सोको घोषणा अभियान अवधि पश्चात गरिने बैंकले जनाएको छ । यस अभियानले बैंकको डिजिटल बैंकिङ अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ल्ने विश्वास पनि बैंकले लिएको छ ।

Kamana Sewa

हाल नेपालभर २ सय ३१ शखा, २ सय ३७ एटिएमका साथै ६१ ऋोटा एक्स्टेन्सन काउन्टरको सञ्जालमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा पुर्‍याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि बैंकको रुपमा अघि बढिरहेको छ । करिब १० लाख ग्राहकले डिजिटल प्रविधिमार्फत बैकिङ सेवा लिई लाभान्वित हुँदै आइरहेका छन् ।

Classic Tech Desktop

प्रतिकृया