• ३१ भदौ २०८३, बुधबार
  • ७ः०७ बेलुका

१४औँ युनिग्लोब अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

प्रकाशित मिति

२०८२ मंसिर २६ गते, शुक्रबार १०:१८

मंसिर २६,२०८२ काठमाडौं— नयाँ बानेश्वर काठमाण्डौेंमा अवस्थित युनिग्लोव कलेजले मंसिर २५ र २६ गते “१४औँ युनिग्लोब अन्तर्राष्ट्रिय सम्मेलन” भव्यताको साथ सम्पन्न गरेको छ । २ दिनसम्म सञ्चालन भएको यस अन्तर्राष्ट्रिय सम्मेलनको उद्देश्य विद्यार्थीहरुको सैद्धान्तिक र व्यावहारिक ज्ञानका साथसाथै अनुसन्धान र अन्वेषणमूलक शिक्षा प्रदान गर्ने रहेको छ ।

National Life

यस कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. वेदराज के.सी.ज्यूले गरेका छन् । साथै उनले “यो सम्मेलनमा सहभागीहरूका लागि व्यवसाय व्यवस्थापनको क्षेत्रमा रहेका अग्रणी विज्ञहरूबाट अनुभव बढाउने र सिक्ने एउटा ठूलो अवसर भएको कुरा बताए। उपकुलपति प्रा.डा. के.सी.ले यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले विद्यार्थीहरुको शैक्षिक स्तर र अनुसन्धानमा निकै ठूलो योगदान पुग्ने हुनाले अन्य सबै शैक्षिक संस्थाहरुले पनि यस्ता कार्यक्रम गर्न आवश्यक रहेको बताए ।

यस कार्यक्रमका सभापति एवं सम्मेलन प्रमुख प्रा.डा. राधेश्याम प्रधानले अनुसन्धानमुलक शिक्षण पद्धतिमा जोड दिदै अर्थशास्त्र, वित्तशास्त्र, बजार व्यवस्थापन र संस्थागत सुशासनमा हुने नयाँ अनुसन्धान र अन्वेषणले शिक्षामा नयाँ आयाम थपिने कुरामा जोड दिए । यूनिग्लोव कलेजका प्राचार्य तथा अध्यक्ष डा. नर बहादुर विष्टले सबै उपस्थितलाई स्वागत गर्दै युनिग्लोव कलेजले शैक्षिक क्षेत्रमा अग्रणी भुमिका खेली शैक्षिक, आर्थिक र सामाजिक क्षेत्रमा परिवर्तनको लागि अनुसन्धानमुलक शिक्षण पद्धतिमा महत्वपूर्ण हुने बताए।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त कार्यक्रममा पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. अजय थापा, व्यवस्थापन संकायका डिन प्रा.डा. ज्ञानेश्वर शर्मा तथा स्वदेशी र विदेशी विश्वविद्यालयका प्राध्यापक तथा अनुसन्धानकर्ताहरुले सम्मेलनको महत्वको बारेमा बताए । यस कार्यक्रममा फ्रान्स, फिनल्याण्ड, बङ्गलादेश, भारत, मलेसिया, बेलायत, दक्षिण अफ्रिका, क्रोएसिया र संयुक्त राज्य अमेरिका लगायतका देशहरुबाट १८ जना प्रत्यक्ष र ९ जना भर्चुअल माध्यमबाट विदेशी प्राध्यापक तथा अनुसन्धानकर्ताहरु र युनिग्लोब कलेजका अनसन्धानकर्ताहरु लगायत नेपालभरबाट २४६ जना भन्दा बढी अनुसन्धानकर्ताहरुको सहभागिता रहेको थियो । उक्त सम्मेलनमा ८३ वटा अनुसन्धानमुलक कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । यस सम्मेलनलाई नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनहरु मध्ये सबैभन्दा ठूलो र बढी कार्यपत्र प्रस्तुत हुने सम्मेलनको रुपमा चित्रण गरिएको छ ।

यस सम्मेलनमा विदेशी पाहुनाहरुलाई नेपाली सांस्कृतिक पहिचान झल्किने कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको अन्त्यमा युनिग्लोब कलेजका प्रबन्ध निर्देशक डा. गंगाधर दाहालले कार्यक्रममा उपस्थित हुने सबै प्रतिनिधि, अनुसन्धानकर्ता, सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै सम्मेलनको समापन गरेका थिए ।

प्रतिकृया