• ३१ भदौ २०८३, बुधबार
  • ११ः२६ राती

नेपाली सेनाले खुलायो ठूलो संख्यामा भर्ना

प्रकाशित मिति

२०८२ मंसिर २६ गते, शुक्रबार ०९:४५

मंसिर २६,२०८२ काठमाडौं— नेपाली सेनाले प्राविधिक, हवाई तथा विविध सेवाअन्तर्गत पदिक र बिल्लादार पदहरूमा ३८८ जनाका लागि नयाँ भर्ना खुलाएको छ। सेनाले सैनिक स्वास्थ्य, सैनिक इन्जिनियरिङ, अन्य प्राविधिक, अन्य हवाई, लेखा, पुजारी र कर्मचारी समूह गरी विभिन्न समूहमार्फत दरखास्त माग गरेको हो।

National Life

भर्ना प्रक्रियाका लागि आज मंसिर २६ गतेदेखि पुस २६ गतेसम्म आवेदन दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर माघ ३ गतेसम्म समेत दरखास्त दिने व्यवस्था गरिएको नेपाली सेनाले जनाएको छ।

इच्छुक उम्मेदवारले आवश्यक योग्यता पूरा गरी नेपाली सेना केन्द्रीय भर्ना छनौट केन्द्र, सानो भर्याङ, स्वयम्भुमा गई दरखास्त पेश गर्नुपर्नेछ। सेनाले मागिएका समूह तथा पदअनुसारको योग्यता सूचना अनुसार निर्क्योल गरी आवेदन दिन आग्रह गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया