• २ असोज २०८३, शुक्रबार
  • ३ः१० दिउँसो

अमेरिकी डलरको भाउ इतिहासकै उच्च

प्रकाशित मिति

२०८२ मंसिर २६ गते, शुक्रबार ०९:२७

मंसिर २६,२०८२ काठमाडौं— नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विनिमय दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बैंककाे अनुसार आज एक अमेरिकी डलरको खरीददर १४४.३० रुपैयाँ र बिक्रीदर १४४.९० रुपैयाँ कायम भएको छ।

National Life

यससँगै अन्य प्रमुख मुद्रा पनि यस्तै दरमा कारोबार भइरहेका छन्। एक अष्ट्रेलियन डलरको खरीददर ९६.१० रुपैयाँ र बिक्रीदर ९६.५० रुपैयाँ तोकिएको छ। एक क्यानेडियन डलरको खरीददर १०४.६१ रुपैयाँ र बिक्रीदर १०५.०४ रुपैयाँ रहेको छ।
त्यसैगरी १० जापानी येनको खरीददर ९.२६ रुपैयाँ र बिक्रीदर ९.३० रुपैयाँ निर्धारण गरिएको छ।

एक मलेसियन रिंगिटको खरीदमूल्य ३५.११ रुपैयाँ र बिक्रीमूल्य ३५.२६ रुपैयाँ तोकिएको छ। १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.८० रुपैयाँ र बिक्रीमूल्य ९.८५ रुपैयाँ रहेको छ। एक कुवेती दिनारको खरीदमूल्य ४७०.४० रुपैयाँ र बिक्रीमूल्य ४७२.३६ रुपैयाँ छ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालमा आयात व्यय वृद्धिसँगै विदेशी मुद्राको मूल्य विशेषगरी अमेरिकी डलरको दर लगातार उकालो लाग्दै आएको छ।

प्रतिकृया