• ३१ भदौ २०८३, बुधबार
  • ९ः५३ राती

विश्वप्रकाश शर्मा: निर्वाचन थोरै परे पनि स्वीकार्य हुन्छ

प्रकाशित मिति

२०८२ मंसिर २६ गते, शुक्रबार १०:३२

मंसिर २६,२०८२ काठमाडौं— कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले फागुन २१ काे प्रतिनिधि सभा निर्वाचन वैशाखसम्म सारिए पनि स्वाभाविक हुने बताएका छन्।

National Life

सरकारले तोकेको मिति परे पनि जेनजीलाई अपनत्व महसुस गराउन, विश्वसनीय चुनावी वातावरण बनाउन र हिमाली क्षेत्रमा सहजता सुनिश्चित गर्न वैशाख उपयुक्त हुने उनको तर्क छ।

शर्माले सामाजिक सञ्जालमार्फत जेनजी र सरकारबीच भएको सहमतिलाई स्वागत गरे पनि दलहरूलाई सहभागी नगराएको विषयमा असन्तुष्टि जनाएका छन्। उनले सहमति कार्यान्वयनमा निर्वाचन मिति बाधक हुन नहुने बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया