• ३१ भदौ २०८३, बुधबार
  • १०ः३० राती

निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरीको १७ बुँदे योजना तयार

प्रकाशित मिति

२०८२ मंसिर २६ गते, शुक्रबार ११:३८

मंसिर २६,२०८२ काठमाडौं— सशस्त्र प्रहरीले प्रतिनिधि सभा निर्वाचनका लागि १७ बुँदे ‘परिचालन नीति’ सार्वजनिक गरेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बलले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन ‘परिचालन नीति’ तयार गरेको सशस्त्र प्रहरीका सूचना अधिकारी तथा प्रवक्ता डीआईजी मनिष थापाले जानकारी दिए।

National Life

उनका अनुसार निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सशस्त्र प्रहरीले पाएको जिम्मेवारी त्रुटिरहित रूपमा निर्वाह गर्न नीतिगत निर्देशिका तयार गरिएको हो।

नीतिअनुसार निर्वाचनको एक महिनाअघि नै विभिन्न क्षेत्रमा सुरक्षा वेश स्थापना गरिनेछ। साथै स्ट्राइकिङ र मोबाइल टोलीहरू निर्वाचनका १५ दिनअघि देखि नै परिचालन गरिने उल्लेख छ।

Classic Tech Mobile
Classic Tech Desktop

जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार तथा कारागारबाट फरार कैदीबन्दीहरू अझै नियन्त्रणमा नआएको कारण यसपटकको निर्वाचन सुरक्षा चुनौतीपूर्ण हुने सशस्त्र प्रहरीले मूल्यांकन गरेको छ।

प्रतिकृया