• ४ साउन २०८३, सोमबार
  • ८:३९ बेलुका

नेप्से सात अंकभन्दा बढी घट्यो, अधिकांश उपसूचक राताम्य

प्रकाशित मिति

२०८२ मंसिर २४ गते, बुधबार ०३:१०

मंसिर २४, २०८२ काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकांक बुधबार ७.८६ अंकले घटेर २६०६.२० बिन्दुमा झरेको छ। कुल ३२९ कम्पनीका ८६ लाख ४७ हजार ९४८ कित्ता शेयर किनबेच हुँदै ३ अर्ब ७३ करोड ८७ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।

बजारमा १२ उपसूचक राताम्य रहे। म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट देखियो। वाणिज्य बैंक समूह ०.०५ प्रतिशत, विकास बैंक ०.२९ प्रतिशत र फाइनान्स समूह ०.५७ प्रतिशतले घटे।

Kamana Sewa

आज ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १६९ कम्पनीको घटेको छ। त्यस्तै ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

Classic Tech Desktop

प्रतिकृया