• २० असोज २०८३, मंगलबार
  • ५ः३४ बिहान

भन्सार ऐनविरुद्धको आन्दोलन फिर्ता, भन्सार एजेन्ट महासंघ र विभागबीच सहमति

प्रकाशित मिति

२०८२ मंसिर २४ गते, बुधबार ०२:४६

मंसिर २४, २०८२ काठमाडौं— भन्सार ऐन २०५२ मा समावेश गरिएको प्रावधानविरुद्ध सुरु गरिएको आन्दोलन फिर्ता लिएको भन्सार एजेन्ट महासंघले जनाएको छ। ऐनका नयाँ व्यवस्थाले पेशागत अधिकार र कार्यसहजतामा बाधा पुर्‍याएको भन्दै मंगलबारदेखि देशभरका भन्सार कार्यालयहरूमा पेन डाउन लगायतका विरोध कार्यक्रम सञ्चालनमा आएका थिए।

National Life

महासंघका अध्यक्ष प्राचिन कुमार थैवका अनुसार भन्सार विभागका अधिकारीहरूसँग भएको छलफल सकारात्मक बनेपछि पेन डाउनसहित सबै विरोध कार्यक्रम फिर्ता लिइएको हो। उनका अनुसार विभागले महासंघका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन रोक्ने निर्णय भएको हो।

यस्तै, भन्सार विभागले पनि महासंघले पेश गरेका विभिन्न मागमध्ये विभाग तथा कार्यालयबाट समाधान गर्न सकिने विषयहरू क्रमशः कार्यान्वयन गर्दै जाने जनाएको छ। नियमावलीमार्फत समायोजन गर्नुपर्ने मागहरू अर्थ मन्त्रालयमा अवगत गराउने निर्णय भएको विभागले जानकारी दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आइतबारदेखि लागू भएको भन्सार ऐन २०८२ का केही प्रावधानले भन्सार एजेन्टहरूको पेशागत हकहित, कार्यसहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा नकारात्मक असर परेको भन्दै महासंघले आन्दोलन थालेको थियो। आन्दोलनका कारण देशभर भन्सार जाँचपास अवरुद्ध हुँदा राजस्व संकलन समेत प्रभावित भएको थियो।

प्रतिकृया