मन्त्री खरेल : राज्यका निकायमाथि कुनै हस्तक्षेप भएको छैन
प्रकाशित मिति
२०८२ मंसिर २४ गते, बुधबार ०२:३१
मंसिर २४, २०८२ काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राज्यका नियामक तथा छानबिन निकायहरूमा सरकारबाट कुनै पनि प्रकारको हस्तक्षेप नभएको बताएका छन्। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सिलसिलामा सञ्चारिका समूहले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सतर्कता केन्द्र, अनुसन्धान व्युरो तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायहरू स्वतन्त्र र प्रभावकारी रूपमा काम गरिरहेको दाबी गरे।
मन्त्री खरेलका अनुसार सुशासन जनेजी आन्दोलनको प्रमुख एजेन्डा भएकाले सरकारले भ्रष्टाचार नियन्त्रणलाई विशेष प्राथमिकतामा राखेको छ। “पछिल्ला दुई महिनामा २५ भन्दा बढी ठूला भ्रष्टाचार प्रकरणमा मुद्दा दर्ता हुनु सरकारको प्रतिबद्धताको परिणाम हो,” उनले बताए।
यस्तै, सरकारले निर्वाचन सम्पन्न गराउने जिम्मेवारीसमेत पाएको उल्लेख गर्दै उनले तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी भइरहेकाे जानकारी दिएका छन्।








प्रतिकृया