• २ असोज २०८३, शुक्रबार
  • ६ः१२ बिहान

चेपाङ विद्यार्थीले बनाएको ‘स्याटेलाइट’ चीनबाट सफल प्रक्षेपण

प्रकाशित मिति

२०८२ मंसिर २४ गते, बुधबार ०३:२४

मंसिर २४, २०८२ काठमाडौं— चेपाङ समुदायका विद्यार्थीले निर्माण गरेको स्याटेलाइट चीनबाट सफलतापूर्वक प्रक्षेपण गरिएको छ। ‘स्लिपर्स टु स्याटु’ मिसनअन्तर्गत बनेको यो स्याटेलाइट बुधबार बिहान करिब ९:४५ बजे चीनको इनर मंगोलियास्थित चिउक्वान स्याटेलाइट लन्च सेन्टरबाट काइनेटिका–वान रकेटमार्फत प्रक्षेपण गरिएको अन्तरिक्ष प्रतिष्ठान नेपालले जनाएको छ।

National Life

यस मिसनअन्तर्गत ७ र ८ कक्षामा अध्ययनरत चेपाङ समुदायका विद्यार्थीहरू प्रत्यक्ष रूपमा स्याटेलाइट निर्माणमा सहभागी भएका थिए। उनीहरूले निर्माण गरेको यो क्युब–स्याटेलाइट हालसम्म नेपालभित्रै डिजाइन र विकास गरिएको पहिलो स्याटेलाइट हो।

‘स्लिपर्स टु स्याट’ अर्थात् एक जोडी चप्पल किन्न पनि कठिनाइ हुने समुदायबाट स्याटेलाइट निर्माणसम्मको यात्रा भन्ने थिमसहित परियोजना अघि बढाइएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालमै डिजाइन गरिएको यो ‘उपग्रह बस प्रणाली’ अन्तरिक्ष प्रतिष्ठान नेपालको पहलमा विकसित गरिएको हो। यसमा विद्युत् शक्ति प्रणाली (EPS), अन–बोर्ड कम्प्युटर (OBC) र सञ्चार प्रणाली एउटै सर्किट बोर्ड (PCB) मा समेटिएको छ।

प्रतिकृया