एमाले महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने
प्रकाशित मिति
२०८२ मंसिर १८ गते, बिहीबार ०३:२६
मंसिर १८, २०८२ काठमाडौं – नेकपा (एमाले)ले आगामी ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि पुनः विद्युतीय भोटिङ मेसिन (ईभीएम) प्रयोग गर्ने निर्णय गरेको छ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार छिटो, सहज र पारदर्शी मतदान प्रक्रियाका लागि ईभीएम प्रयोग गर्ने निर्णय भइसकेको छ। उनले भने, “यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्छौं। टेण्डर प्रक्रिया सुरु भइसकेको छ र चाँडै मन्त्रालयस्तरीय निर्णयपछि आपूर्ति गर्ने कम्पनी टुंगो लाग्नेछ।”

एमालेले यसअघि चितवनमा सम्पन्न १०औँ महाधिवेशनमा पनि ईभीएम प्रयोग गरेको थियो। आगामी महाधिवेशनमा १५ पदाधिकारीसहित २५१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिनेछ। पार्टीको दोस्रो विधान महाधिवेशनले केन्द्रीय कमिटीको संरचना परिमार्जन गर्दै सदस्य संख्या घटाउने निर्णय गरिसकेको छ।

करिब २ हजार २ सय प्रतिनिधि सहभागी हुने अनुमान गरिएको महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुनेछ। बन्द सत्र भृकुटीमण्डपमा आयोजना गरिने जनाइएको छ।




प्रतिकृया