• १६ असोज २०८३, शुक्रबार
  • ८ः११ बिहान

घोषित मितिमै चुनाव गराउन सरकार पूर्ण रूपमा जुटेको छ: प्रधानमन्त्री कार्की

प्रकाशित मिति

२०८२ मंसिर १८ गते, बिहीबार ०३:१७

मंसिर १८, २०८२ काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सरकारले फागुन २१ गते निर्धारित आमनिर्वाचन तोकिएको समयमा नै सम्पन्न गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्। बिहीबार आयोजित २२औं राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै उनले युवा शक्तिको हातमा सत्ता हस्तान्तरण गर्दै मुलुकलाई तीव्र विकासतर्फ अघि बढाउने अभियानमा सरकार केन्द्रित रहेको उल्लेख गरिन्।

National Life

प्रधानमन्त्री कार्कीले भनिन्, “घोषित मितिमा चुनाव सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्ण रूपले जुटेको छ। यस अभियानलाई सफल पार्न सबै नेपालीको सहभागिता र सहयोग अपेक्षा गर्छु।”

जेन–जी आन्दोलनमा उठेका माग र त्यसपछिका घटनाबाट महत्वपूर्ण पाठ सिक्नु आवश्यक रहेको उल्लेख गर्दै उनले भ्रष्टाचार अन्त्य, सुशासन, रोजगारी तथा आधारभूत सुविधाको सुनिश्चिततामा युवा पुस्ताको चाहनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताइन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्रीले मुलुकलाई आवश्यक परिवर्तनका लागि सबैले आ–आफ्नो स्थानबाट कटिबद्ध भएर लाग्नुपर्ने आवश्यकता औंल्याइन्।

प्रतिकृया