घर–जग्गाको कारोबार गर्न लाइसेन्स लिन आह्वान
प्रकाशित मिति
२०८२ कार्तिक १३ गते, बिहीबार ११:४७
कात्तिक १३, २०८२ काठमाडौं— सरकारले अबदेखि तीन करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाका लागि इजाजतपत्र (लाइसेन्स) अनिवार्य गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै घरजग्गा कारोबार इजाजतपत्रका लागि दरखास्त आह्वान गरेको हो।
विभागका अनुसार असोज २७ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रलाई कार्यक्षेत्र घोषणा गरिएको छ। अब तीन करोड रुपैयाँभन्दा बढीको कारोबार गर्न इच्छुक फर्म, कम्पनी वा संस्थाले ३० दिनभित्र अनलाइनमार्फत आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।
निवेदनका लागि इच्छुकहरूले विभागको वेबसाइटमार्फत मालपोत नियमावली, २०३६ (आठौँ संशोधन २०८२) को अनुसूची–८ मा उल्लिखित कागजात स्क्यान गरी सोही ढाँचामा पेस गर्नुपर्नेछ।









प्रतिकृया