• २० असोज २०८३, मंगलबार
  • ११ः१० बिहान

श्रममन्त्रीमा सिफारिस सुनार काभ्रे अदालतमा बयानका लागि हाजिर

प्रकाशित मिति

२०८२ कार्तिक १३ गते, बिहीबार ११:४२

कात्तिक १३, २०८२  काभ्रेपलाञ्चोक — श्रममन्त्रीमा सिफारिस भएर शपथ नखाएकै खगेन्द्र सुनार काभ्रे जिल्ला अदालतमा बयानका लागि हाजिर भएका छन्। अधिवक्ता मनिषा गौतमको जाहेरीमा विद्युतीय कारोबार मुद्दाका फरार प्रतिवादी रहेका सुनारलाई अदालतले साउन ५ गते दैलेख प्रहरीलाई पक्राउ पुर्जी जारी गरेको थियो। गौतमले सामाजिक सञ्जालमा भएको गालीगलौजको स्क्रिनसट प्रमाणसहित सुनारविरुद्ध विद्युत अपराध कसुरमा मुद्दा दायर गरेकी थिइन्।

National Life

सुनारको बयान ३ नम्बर न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा जारी रहेको छ। थुनछेक बहस पनि आजै हुने बताइएको छ। अदालतले बहसपछि साधारण तारेख, धरौटीमा रिहा वा थुनामा पठाउने आदेश दिनेछ।

सुनारमाथि सुर्खेतमा स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि कुटपिटको आरोपमा पनि पक्राउ पुर्जी जारी छ। केही दिनअघि श्रममन्त्री नियुक्तिको तयारीका क्रममा उनका विभिन्न मुद्दा बाहिरिएपछि प्रधानमन्त्री सुशीला कार्कीले शपथ रोकेकी थिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया