• ४ साउन २०८३, सोमबार
  • २:२४ बिहान

युलेन्स स्कुल अध्यक्षबाट आरजु राणाको राजीनामा

प्रकाशित मिति

२०८२ आश्विन ११ गते, शनिबार १२:०३

असोज ११, २०८२ काठमाडौं– निवर्तमान परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेस नेतृ आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन्। एक अभिभावकको भनाइअनुसार उनले काठमाडौं र ललितपुर दुवै शाखाको अध्यक्षता छोडेकी हुन्। उनले अभिभावकको बैठकमै राजीनामा दिएको घोषणा गरेको बताइएको छ।

गत २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो, जसका कारण स्कुलको भौतिक संरचना पूर्ण रूपमा नष्ट भएको छ। राणा स्कुलको व्यवस्थापन समितिकी अध्यक्ष मात्र थिइन्, विद्यालयको स्वामित्वमा भने उनी थिएनन्।

Kamana Sewa

प्रतिकृया