• २ असोज २०८३, शुक्रबार
  • ४ः१५ बेलुका

बालेनको योजना विफल पार्नेछौं:महेश बस्नेत

प्रकाशित मिति

२०८२ आश्विन ११ गते, शनिबार ०१:४९

असोज ११, २०८२ काठमाडौं– नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले संविधान नष्ट गर्ने तथा लोकतन्त्र ध्वस्त पार्ने प्रयासहरू भइरहेकामा आफू र आफ्ना सहयोगीहरूले त्यसलाई सफल हुन नदिने दाबी गरेका छन्। शनिबार युवा संघ नेपालद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बस्नेतले यस्तो बताएका हुन्।

National Life

कार्यक्रममा उनले भने, “सावधान, नेकपा एमाले छ, एमाले यो धर्तीमा छ । युवा संघ छ । कांग्रेस छ, लोकतान्त्रिक दलहरू छन् । हामी लोकतन्त्र मार्न दिँदैनौं । हामी संविधान जलाउन दिँदैनौं।” उनले संसदीय व्यवस्थालाई ध्वस्त पार्ने कुनै पनि प्रयत्नलाई पार्टी र लोकतान्त्रिक शक्तिले सहन नदिने पनि बताए।

बालेन्द्र शाह (बालेन) सम्बन्धी टिप्पणी गर्दै बस्नेतले भने, “हामी बालेनद्वारा सञ्चालित गतिविधि र योजनालाई सफल हुन दिने छैनौं।” उनले थपे, “हामी नेपालको राष्ट्रियता अपहरण गरेर संयुक्त राष्ट्रसंघका सेनादेखि विदेशी रणभूमि बन्न दिनेमात्र होइन; अन्तर्राष्ट्रिय एजेन्टहरूको प्रभावमा युवाहरूमाझ अपराध र आतंकवाद प्रवर्धन गर्ने सबै प्रयास रोकिनेछ।”

Classic Tech Mobile
Classic Tech Desktop

बस्नेतले प्रधानमन्त्रीबाट अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएपछि सिंहदरबार, संसद् र सर्वोच्च अदालत लगायतका भवनहरूमा आगजनी भएको आरोप पनि लगाए। उनले दावी गरे, “उहाँले जेनजी आन्दोलनको भावना बुझेर २४ गते राजीनामा दिनुभयो । २१ जनाको हत्या भयो । एम्बुलेन्सबाट गोली चलाइएको छ । स्कुल ड्रेस लगाएकालाई गोली हानेका हुन् । नेपाल प्रहरीसँग मिल्छाजुल्दा हतियार बरामद भएको छ। १४ हजारभन्दा बढी कैदी भगाइएको छ र हजारौँ प्रहरीका हतियार लुटिएका छन्। केपी ओलीले राजीनामा दिनु अघिसम्म ती सरकारी भवनमा आगलागि थिएन — तर त्यसपछि आगलागि भएको दाबी हामीले गर्नुपर्‍यो।”

कार्यक्रममा स्थानीय कार्यकर्ता र पार्टी अगुवाहरूको उपस्थिति रहेको थियो। बस्नेतका टिप्पणीहरूले हालको राजनीतिक परिस्थितिमा थप चासो र सुरक्षा सम्बन्धी चेतावनी बढाउने संकेत गरेको विश्लेषकहरूले बताएका छन्।

प्रतिकृया