• ३ साउन २०८३, आइतबार
  • ३:५३ बेलुका

मन्त्री महावीर पुनद्वारा सिटिइभिटीलाई चार बुँदे निर्देशन

प्रकाशित मिति

२०८२ आश्विन १० गते, शुक्रबार ०९:५६

असोज १०, २०८२ काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले सिटिइभिटीलाई चार बुँदे निर्देशन दिएका छन् । मन्त्री पुनले तुरुन्त कार्यान्वयनको लागि अध्यक्षको हैसियतले सिटिइभिटीलाई चार बुँदे निर्देशन दिएको जानकारी दिएका छन् ।

मन्त्री पुनले पहिलो निर्देशन मौजुदा पाठ्यक्रमलाई सुधार गरि नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्त भित्र पेश गर्न निर्देशन दिएका छन् । त्यस्तै दोस्रो निर्देशन एकीकृत क्यालेन्डर बनाउने र परीक्षाको परीक्षाफल तीन महिना भित्र अनिवार्य रुपमा प्रकाशन गर्ने व्यवस्था गर्ने निर्देशन दिएका छन् ।

Kamana Sewa

त्यस्तै तेस्रो सिटिइभिटी कार्यालयमा विद्यार्थी, अविभावक र शिक्षकहरुको गुनासो सुन्ने र प्राप्त गुनासोको अभिलेखिकरण र सम्वोधन गर्ने शाखा तुरुन्त बनाउने र सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । मन्त्री पुनले चौथो निर्देशन २०६९ सालदेखि अहिलेसम्म सम्बन्धनको लागि प्राप्त भएका सम्पुर्ण आवेदनहरु छानविन गरि असोज मसान्त भित्र रिपोर्ट पेश गर्ने र सम्बन्धन दिने नदिने निर्णय तुरुन्त गर्न निर्देशन दिएका छन् ।

Classic Tech Desktop

यसअघि मन्त्री पुनले मंगलबार तीन बुँदे निर्देशन दिएका थिए ।

प्रतिकृया