• ३१ भदौ २०८३, बुधबार
  • ९ः३९ राती

हाल देशभर मनसुनी प्रभाव कमजोर,केही पहाडी क्षेत्रमा हल्का वर्षा

प्रकाशित मिति

२०८२ आश्विन १० गते, शुक्रबार ०९:४६

असोज १०, २०८२ काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रहेको जानकारी दिएको छ। हाल स्थानीय वायूको आंशिक प्रभाव देखिएको महाशाखाले जनाएको छ।

National Life

हालको अवस्थाबारे महाशाखाले जनाएको छ कि, देशका पहाडी भू-भागमा आंशिक बदली रहँदा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। यतिबेला कोशी प्रदेश र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा सामान्य बदली रहन सक्नेछ भने अन्य क्षेत्रहरूमा आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान अनुसार, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा अन्य केही स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

Classic Tech Mobile
Classic Tech Desktop

महाशाखाले आगामी २४ घण्टा भारी वर्षाको सम्भावना नरहेको प्रष्ट पारेको छ। यद्यपि, पहाडी क्षेत्रमा यात्रा गर्ने तथा वर्षासँग सम्बन्धित कार्यमा संलग्न नागरिकहरूलाई सावधानी अपनाउन सुझाव दिइएको छ।

प्रतिकृया