• १ असोज २०८३, बिहीबार
  • ९ः०७ बिहान

नेपाल प्रहरीमा खुल्यो ठुलो संख्यामा जागिर

प्रकाशित मिति

२०८२ आश्विन १० गते, शुक्रबार ०९:२५

असोज १०, २०८२ काठमाडौं– नेपाली प्रहरीले ठूलो संख्यामा जनशक्ति भर्ना खुला गरेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै विभिन्न पदमा १५९४ जनाको भर्ना प्रक्रिया सुरु गरेको हो।

National Life

सूचना अनुसार, १,५५३ जना प्रहरी जवान, ११ जना हजाम, १५ जना कुचीकार र १५ जना खेलाडी गरी कुल १,५९४ पदमा दरखास्त माग गरिएको छ। प्रहरी जवान पदका लागि उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ८ कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।

योग्यता पुगेका नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म स्वयम् उपस्थित भई दरखास्त दिन सक्नेछन्। आवेदन सातैवटै प्रदेश प्रहरी कार्यालय, सबै जिल्ला प्रहरी कार्यालय, तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रहरी परिसरमा बुझाउन सकिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

खेलाडी पदका लागि भने दरखास्त राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, काठमाडौंमा बुझाउनुपर्ने छ। इच्छुक उम्मेदवारले प्रहरीको आधिकारिक वेबसाइट वा नजिकको प्रहरी कार्यालयबाट विस्तृत जानकारी लिन सक्नेछन्।

प्रतिकृया