• ४ साउन २०८३, सोमबार
  • ७:१४ बेलुका

कोशी राजमार्ग र नेपाल–चीन नाका जोड्ने पुल अवरुद्ध

प्रकाशित मिति

२०८२ आश्विन १० गते, शुक्रबार ०९:१८

असोज १०, २०८२ काठमाडौं– अविरल वर्षा र बाढीका कारण पूर्वी नेपालमा कोशी राजमार्गका विभिन्न खण्ड र नेपाल–चीन नाका जोड्ने महत्त्वपूर्ण पुल अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार, कोशी राजमार्ग अन्तर्गत भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवा खण्डहरूमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडकमा ठूला पहिरो खसेका कारण यातायात आवागमन ठप्प भएको जनाइएको छ।

यसैगरी, रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा रहेको नेपाल–चीन नाका जोड्ने पुल पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीको भनाइ छ। उक्त पुल रसुवागढी नाका हुँदै व्यापार र आवागमनको मुख्य माध्यम हो।

Kamana Sewa

प्रहरी र स्थानीय प्रशासनले अवरुद्ध क्षेत्रको स्थलगत अनुगमन गरी उद्धार तथा सरसफाइ कार्य जारी राखेको जनाइएको छ। जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न र सावधानी अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ।

Classic Tech Desktop

प्रतिकृया