• ४ साउन २०८३, सोमबार
  • ३:२८ बिहान

सूचना मन्त्री खरेलको पहिलो निर्णय: १० शहरमा ५ महिनाभित्र निःशुल्क इन्टरनेट

प्रकाशित मिति

२०८२ आश्विन ६ गते, सोमबार ०८:१६

असोज ६, २०८२ काठमाडौं–  नवनियुक्त सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले पदभार सम्हालेसँगै १० प्रमुख शहरका सार्वजनिक स्थलहरूमा निःशुल्क इन्टरनेट सेवा सुरु गर्ने घोषणा गरेका छन्।

सोमबार मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा मन्त्री खरेलले यसलाई आफ्नो पहिलो निर्णयका रूपमा सार्वजनिक गर्दै योजनालाई पाँच महिनाभित्र कार्यान्वयनमा ल्याउने निर्देशन दिएका हुन्। मन्त्रालयका अनुसार, प्रारम्भिक प्रस्तावमा कर्मचारीको प्रस्तुति प्राप्त भएपछि मन्त्री खरेलले थप सुझाव लिएर योजना संशोधन गरे र तत्काल कार्यान्वयनको आदेश दिए।

Kamana Sewa

निर्णयअनुसार, काठमाडौं बाहेकका १० प्रमुख शहरका सार्वजनिक स्थलहरू — जस्तै पार्क, बसपार्क, मुख्य चोक, खुला सभा स्थल लगायतमा — फ्रि वाइफाइ सेवा उपलब्ध गराइनेछ।

Classic Tech Desktop

उक्त सेवा सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण, सेवा प्रदायक छनोट र प्रविधिगत व्यवस्थापन कार्यलाई प्राथमिकताका साथ अघि बढाइने मन्त्रालयले जनाएको छ। मन्त्रालयले उक्त योजनालाई सार्वजनिक सूचना पहुँच, डिजिटल समावेशीकरण र प्रविधि–मैत्री नागरिक सेवा प्रवर्द्धनतर्फको महत्वपूर्ण प्रयासको रूपमा लिएको बताएको छ।

प्रतिकृया