• १ असोज २०८३, बिहीबार
  • ८ः०४ बिहान

पूर्वप्रधानमन्त्री झलनाथ पत्नी चित्रकारलाई थप उपचारका लागि भारत लगिंदै

प्रकाशित मिति

२०८२ आश्विन ६ गते, सोमबार ०८:२४

असोज ६, २०८२ काठमाडौं– जेनजी प्रदर्शनका क्रममा आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ ।

National Life

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारलाई ज्वरो र निमोनिया देखिएपछि थप उपचारका लागि भारत लान लागिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । छोरा निर्भिकसहित भारत जाने तयारी रहेको जनाएको छ । उनलाई भारतको दिल्लीस्थित एपोलो अस्पतालमा लगिन लागेको हो ।

उपचारका क्रममा उनको बायाँ हात समेत काट्न परेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया