• १ असोज २०८३, बिहीबार
  • १ः३३ राती

कृषिमन्त्री मदन परियारको प्रतिबद्धता: दुग्ध र उखु किसानका समस्या प्राथमिकतामा

प्रकाशित मिति

२०८२ आश्विन ६ गते, सोमबार ०८:३१

असोज ६, २०८२ काठमाडौं– नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदन परियारले सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन्। शीतलनिवासमा शपथ लिएपछि उनले मन्त्रालय पुगेर औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्।

National Life

पदभार ग्रहण कार्यक्रममा मन्त्री परियारले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सरकारको पहिलो कार्यभार भएको उल्लेख गर्दै सबै पक्षको समन्वयमा निर्वाचन सफल पार्नेतर्फ सरकार प्रतिबद्ध रहेको बताए। त्यससँगै उनले दुग्ध उत्पादक र उखु किसानका समस्या समाधानलाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने स्पष्ट पारे।

“कृषकका समस्या समाधान गर्नु मेरो दायित्व हो,” मन्त्री परियारले भने, “शासकीय सुधार र बेथिति अन्त्य गर्नु सरकारको अर्को प्रमुख कार्यभार हो।”

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्री परियारले मल आयातमा भइरहने अवरोधहरूबारे अध्ययन गरेर स्थायी समाधान खोज्ने प्रतिवद्धता पनि व्यक्त गरे। उनले मन्त्रालयका सचिवहरूसँग छलफल गरेर कृषि क्षेत्रको सुधारका लागि योजनाबद्ध रूपमा अघि बढ्ने बताएका छन्।

प्रतिकृया