• ३१ भदौ २०८३, बुधबार
  • ४ः०७ बेलुका

विद्यार्थी संगठनको तोडफोड र धम्कीपछि त्रिविले सरकारसँग सुरक्षा माग्यो

प्रकाशित मिति

२०८२ श्रावण २७ गते, मंगलवार ०१:१४

श्रावण २७,२०८२ काठमाडौं — विद्यार्थी संगठनको तोडफोड र धम्कीका कारण असुरक्षित भएको भन्दै त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग सुरक्षा माग गरेको छ। सुरक्षित वातावरणमा हिँड्न र कार्यालयमा बसेर काम गर्न पाउन सुरक्षा व्यवस्था मिलाइदिन त्रिविले आग्रह गरेको हो।

National Life

त्रिविका एक अधिकारीका अनुसार, यसबारे जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाइएको छ भने गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्तलाई पनि सुरक्षा प्रबन्धका लागि आग्रह गरिएको छ।

सोमबार अखिल क्रान्तिकारीले शुल्क घटाउनुपर्ने माग गर्दै रजिस्ट्रार कार्यालय र रेक्टर कार्यालय तोडफोड गरेको थियो। सो क्रममा प्रहरीसँग झडप हुँदा केही विद्यार्थी घाइते भएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य र लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमलाई ९ महिना अघि केन्द्रीय विभागमा गाभिएको थियो। गाभिएका कार्यक्रमको शुल्क घटाउनुपर्ने माग गर्दै अखिल क्रान्तिकारीले २० दिनदेखि उपकुलपति दीपक अर्यालको कार्यकक्ष अगाडि धर्ना दिइरहेका छन्। यस क्रममा उपकुलपति कार्यकक्षमै प्रवेश गर्न नसकेको त्रिविले जनाएको छ।

प्रतिकृया