• ३१ भदौ २०८३, बुधबार
  • ६ः५० बेलुका

एनएमबि बैंकको नाफा ४६.२२प्रतिशतले वृद्धि, लाभांश दिने क्षमता १०.४०प्रतिशत

प्रकाशित मिति

२०८२ श्रावण २७ गते, मंगलवार १२:०६

श्रावण २७,२०८२ काठमाडौं — एनएमबि बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा र सञ्चालन परिणाममा उल्लेखनीय सुधार देखाएको छ। असार मसान्तसम्म बैंकले ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४६.२२ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा २ अर्ब २४ करोड ४३ लाख ९५ हजार रुपैयाँ थियो।

National Life

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.१४ प्रतिशतले बढेर ८ अर्ब २ करोड ८ लाख ९६ हजार रुपैयाँ पुगेको छ। सञ्चालन नाफा भने ६४.४६ प्रतिशतले वृद्धि भई ५ अर्ब ३५ करोड ३ लाख ७ हजार रुपैयाँ भएको छ।

असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड ९४ लाख ६७ हजार रुपैयाँ पुगेको छ। बैंकले सेयरधनीलाई लाभांश दिने क्षमता १०.४० प्रतिशत रहेको जनाएको छ, जबकि अघिल्लो आवको सोही अवधिमा लाभांश क्षमता ऋणात्मक थियो।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकको खराब कर्जा अनुपात ३.४० प्रतिशतबाट बढेर ३.७२ प्रतिशत पुगेको छ। हाल प्रति सेयर आम्दानी १५.१० रुपैयाँ र प्रति सेयर नेटवर्थ १७६.८१ रुपैयाँ रहेको छ।

१८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १२ अर्ब ३२ करोड ५५ लाख ८८ हजार रुपैयाँ सञ्चित छ। असार मसान्तसम्म बैंकले २ खर्ब ८० अर्ब ९२ करोड ६४ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब २९ अर्ब ११ करोड ९३ लाख ४२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।

प्रतिकृया