• ४ साउन २०८३, सोमबार
  • ७:३९ बेलुका

भारतले नेपालबाट थप २०० मेगावाट विद्युत खरिद गर्न सहमति

प्रकाशित मिति

२०८२ श्रावण २७ गते, मंगलवार ११:५३

श्रावण २७,२०८२ काठमाडौं — भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत खरिदका लागि अनुमति प्रदान गरेको छ। पाँच जलविद्युत आयोजना — लिखु–२, लिखु खोला ‘ए’, लोअर सोलु, ठुलो खोला, सुपर काबेली खोला ‘ए’ र सुपर काबेली खोलाबाट उत्पादित बिजुली आयातका लागि भारतले सहमति दिएको हो।

यसअघि भारतले नेपालबाट ८१०.९ मेगावाट विद्युत आयातको अनुमति दिएको थियो। नयाँ स्वीकृतिसहित नेपालबाट भारतमा निर्यात हुने विद्युत क्षमता १,०११ मेगावाट पुगेको छ। नेपालले बंगलादेशमा पनि ४० मेगावाट विद्युत निर्यात गर्दै आएको छ। यसरी नेपालको कुल विद्युत निर्यात स्वीकृति १,०५०.९ मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

Kamana Sewa

प्राधिकरणका अनुसार, यो अतिरिक्त २०० मेगावाट विद्युत निर्यातको अनुमति आगामी ३१ अक्टोबरसम्मका लागि कायम रहनेछ। गत आर्थिक वर्ष ०८१/८२ मा नेपालले भारतमा विद्युत निर्यात गरेर १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो। थप निर्यात अनुमति र सम्भावित विस्तारका कारण यस आर्थिक वर्षमा विद्युत निर्यात दोब्बर हुने प्राधिकरणको अनुमान छ।

Classic Tech Desktop

प्रतिकृया