• ४ साउन २०८३, सोमबार
  • २:२३ बिहान

कांग्रेसका चार शीर्ष नेताको बैठक, प्रमुख निर्णयहरू के–के भए ?

प्रकाशित मिति

२०८२ श्रावण २३ गते, शुक्रबार ०२:२९

श्रावण २३,२०८२काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरी भ्रातृ संस्थाको अधिवेशन सञ्चालनका लागि कार्यादेश पारित गरेका छन्।

देउवा निवास बुढानीलकण्ठमा बसेको उक्त बैठकमा मुख्य सचिव कृष्णप्रसाद पौडेलले कार्यक्रममा गरिएको छलफल र निर्णयको जानकारी दिएका हुन्। कार्यक्रममा, तदर्थ समितिमा रहेका भ्रातृ संस्थाहरूको अधिवेशन गर्न महामन्त्री विश्वप्रकाश शर्माले तयार पारेको कार्यादेशमा शीर्ष नेताहरूबीच सहमति बनेको छ।

Kamana Sewa

पारित कार्यादेश अनुसार पार्टीबाट गठन गरिएको निर्देशक समितिले भ्रातृ संस्थाको अधिवेशन गराउने छ। पौडेलले भने, “निर्देशक समितिलाई टिओआर दिने निर्णय पार्टी केन्द्रीय समितिले गरिसकेको थियो र बैठकमा त्यसको अन्तिम रूपमै छलफल भई टिओआर फाइनल भयो।”

Classic Tech Desktop

बैठकमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यसम्पादन निर्देशिका पनि परिमार्जनसहित पारित गरिएको छ। यस विषयमा छलफल र निर्णय गर्न तीन घण्टा बढी समय लागेको पौडेलले जानकारी दिए। यसैगरी, बैठकमा रुपन्देही–३ को उपनिर्वाचनबारे सामान्य छलफल समेत भएको थियो।

प्रतिकृया