• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

भारतको बैतडी–दार्चुला सीमा नाका बन्द हुने

प्रकाशित मिति

२०८२ असार ३२ गते, बुधबार १२:५१

असार ३२,२०८२ काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशमा आगामी पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाका अस्थायी रूपमा बन्द गरिने भएको छ। निर्वाचन जुलाई २४ र २८ (साउन ८ र १२) मा हुँदैछ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार दार्चुलाको पुलघाट नाका जुलाई २१ (साउन ५) बेलुकादेखि जुलाई २४ (साउन ८) बिहानसम्म बन्द हुनेछ। यस्तै, बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि १२ गतेसम्म बन्द गरिनेछ।

Kamana Sewa

निर्वाचन सुरक्षालाई ध्यानमा राखी गरिएको यो बन्दावन्धीका क्रममा, आकस्मिक अवस्थाका लागि दुवै देशको आपसी सहमतिमा नाका खोल्न सकिने जनाइएको छ।

Classic Tech Desktop

प्रतिकृया