• ३१ भदौ २०८३, बुधबार
  • १०ः२९ राती

मिड भ्याली कलेजको सहकार्यमा एसईई बधाई एवं सम्मान कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०८२ असार ३२ गते, बुधबार १२:४३

असार ३२,२०८२ काठमाडौं । नेसनल प्याब्सन भक्तपुरको आयोजना र मिड भ्याली कलेज, नयाँ थिमीको सहकार्यमा एसईई बधाई एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा भक्तपुर जिल्लाभरिबाट ४ जीपीए ल्याउने ३० जना विद्यार्थी तथा नेसनल प्याब्सनका सदस्य विद्यालयबाट एसईई उत्तीर्ण सबै विद्यार्थीलाई बधाई र सम्मान गरिएको हो।

National Life

नयाँ थिमीस्थित मिड भ्याली कलेजका प्रिन्सिपल गोविन्द बल्ल जोशीले कक्षा ११ अध्ययनका लागि भक्तपुर उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै कलेजले अन्तर्राष्ट्रिय स्तरको प्लस टु शिक्षा प्रदान गर्ने दाबी गरे। उनले विद्यार्थी तथा अभिभावकहरूलाई कलेज अवलोकन गर्न आमन्त्रण समेत गरे।

वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा प्रमुख अतिथि रहेको कार्यक्रममा शिक्षा, सञ्चार र स्थानीय सरकारका प्रतिनिधिहरूको उपस्थिति थियो। अतिथिहरूले मिड भ्याली कलेजजस्ता गुणस्तरीय शिक्षण संस्था भक्तपुरमै भएकाले कक्षा ११ अध्ययनका लागि जिल्ला छोड्न आवश्यक नभएको धारणा राखे।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले ४ जीपीए नल्याउने विद्यार्थीहरूको पनि मिहिनेत उत्तिकै महत्त्वपूर्ण हुने भन्दै सबै उत्तीर्ण विद्यार्थीलाई समान रूपमा सम्मान गरिएको बताए।

प्रतिकृया