• १ असोज २०८३, बिहीबार
  • १२ः३५ राती

एमाले सचिवालय बैठक भोलि, विधान महाधिवेशनको तयारी एजेन्डा

प्रकाशित मिति

२०८२ असार ३२ गते, बुधबार १२:०३

असार ३२,२०८२ काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालय बैठक भोलि दिउँसो १ बजेका लागि बोलाएको छ। स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार साउन २ र ५ गते हुने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीस्वरूप सचिवालय बैठक बस्न लागेको हो।

National Life

एमालेले भदौ २०–२२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। त्यसको तयारीमा राजनीतिक, सांगठनिक तथा विधान संशोधन प्रस्तावहरू पेश गरिनेछ। राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओली, सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल, र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्नेछन्।

विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेरहद र अध्यक्षको कार्यकाल सीमाबारे हालको व्यवस्था यथावत् राख्ने तयारी भइरहेको स्रोतको भनाइ छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया