• २ असोज २०८३, शुक्रबार
  • ७ः१६ बेलुका

मन्त्री गुप्ता प्रकरणमा सूर्य थापा : ‘दूधको दूध, पानीको पानी छुट्याउनुपर्छ’

प्रकाशित मिति

२०८२ असार ३२ गते, बुधबार ११:३७

असार ३२,२०८२ काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस प्रकरणमा गम्भीर छानबिनको माग गरेका छन्।

National Life

थापाले बुधबार फेसबुकमार्फत उनले भनेका छन्, ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजिनामा दिनुको अर्थ यस विषयको गंभीरतालाई मध्यनजर गरी गंभीर छानवीन हुनुपर्ने जनदबाबलाई स्वीकार गरिएको छ। यस प्रकरणमा विवादास्पद अडियोको आवाजमा कोको संलग्न रहेका छन्? ती सक्कली हुन् कि नक्कली?वास्तविक आवाज हो कि प्रविधिको कमाल? राज्यका अनुसन्धान गर्ने निकायहरूले अबिलम्ब काम थाल्नुपर्छ र सार्वजनिक अडियोमा जोसुकै बोलेको भए पनि नियन्त्रणमा लिइहालेर छानवीन गरी दुधको दुध/ पानीको पानी छुट्याउनु पर्छ। दोषी ठहरिएका कसैले उन्मुक्ति पाउनुहुँदैन। झोसपोलवाला, बिचौलियाधन्धाकर्मी, भ्रष्ट र ठगहरू कोही पनि छानवीनको दायराभन्दा बाहिर रहनुहुँदैन। विषयको उठान आरोप-प्रत्यारोप र एक मन्त्रीको राजीनामा अनि फासफुस हुन/गर्नका लागि होइन, सुशासनको प्रत्याभूति गर्न हो।,

७८ लाख रुपैयाँ घुस ‘डिल’ सम्बन्धी अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ताले मंगलबार राजीनामा दिएका थिए। थापाले राजीनामाले जनदबाबलाई स्वीकार गरिएको संकेत गरे पनि घटनालाई फासफुसमा सीमित नगरी सुशासनको प्रत्याभूति दिनुपर्ने उल्लेख गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया