• ३ साउन २०८३, आइतबार
  • ४:४४ बेलुका

अझै पनि हटेन छाउपडि प्रथा , फेरि लियो एक चेलीको ज्यान

प्रकाशित मिति

२०८२ असार २९ गते, आईतवार १२:५३

असार  २९,२०८२ काठमाडौं । सरकारले कानुनी रूपमा प्रतिबन्ध लगाए पनि कञ्चनपुरमा अझै हट्न नसकेको छाउपडी कुप्रथाले फेरि एक चेलीको ज्यान लिएको छ। कृष्णपुर नगरपालिका–१, निगालीमा छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला आउजीको सर्पको डसाइबाट मृत्यु भएको हो। शनिबार राति सुतिरहेको अवस्थामा सर्पले उनको बाँया गालामा डसेपछि परिवारले तुरुन्त सेती प्रादेशिक अस्पताल, धनगढी पुर्‍याउने प्रयास गरेका थिए। तर बाटोमै उनको मृत्यु भयो।

वर्षौंदेखि सरकारको “छाउपडी उन्मूलन अभियान” चलिरहेका छन्। छाउपडीलाई अपराध घोषणा गर्दै विशेष कानुनी प्रावधानहरू लागू गरिएको छ, जसमा छाउगोठ बनाउने वा बस्न बाध्य पार्नेहरूलाई जेल सजाय वा जरिवाना हुने उल्लेख छ। तर, सुदूरपश्चिम र कर्णालीका ग्रामीण भेगहरूमा अझै पनि महिनावारी भएका महिलालाई छाउगोठमा बस्न बाध्य पार्ने चलन कायमै छ।

Kamana Sewa

छाउगोठमा बस्दा महिलाहरूले चिसो, रोग, हिंसात्मक व्यवहार र विषालु जनावरको जोखिम झेल्नुपरेको तथ्य बारम्बार प्रमाणित हुँदै आएको छ। अघिल्ला वर्षहरूमा पनि अछाम, बाजुरा, कैलाली र डोटीमा यस्तै घटनाहरू दोहोरिएका थिए। त्यसका बाबजुद छाउपडी प्रथाको सामाजिक प्रभाव कमजोर हुन सकेको छैन। छाउपडीका कारण हुने मृत्युहरूको अनुसन्धान पनि कठिन हुने गरेको छ। पीडित परिवारहरू सामाजिक दबाब र डरका कारण खुला रूपमा आवाज उठाउन सक्दैनन्। अझै पनि धेरै गाउँहरूमा महिलाहरूलाई महिनावारीका बेला घर, भान्साघर र धार्मिक स्थल छुन नदिने परम्परा बलियो रूपमा कायम छ।

Classic Tech Desktop

प्रतिकृया