• ३ साउन २०८३, आइतबार
  • ९:२३ बिहान

महँगा क्यान्सर औषधि अब नेपालमा निःशुल्क

प्रकाशित मिति

२०८२ असार २९ गते, आईतवार १२:२८

असार  २९,२०८२ काठमाडौं । क्यान्सर उपचारका लागि अत्यावश्यक औषधिहरू नेपाललाई हस्तान्तरण गरिएको छ। आइतवार बिहान स्वास्थ्य मन्त्रालयमा आयोजित एक औपचारिक कार्यक्रममा करिब ७ करोड रुपैयाँ बराबरको औषधि तथा स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरिएको हो।

अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था डाइरेक्ट रिलिफ को सहयोग तथा वान हार्ट वर्ल्डवाइड को समन्वयमा क्यान्सर उपचारमा प्रयोग हुने औषधिहरू नेपाल ल्याइएका हुन्। ती औषधिहरू असार २७ गते, शुक्रबार नेपाल आइपुगेका थिए।

Kamana Sewa

डाइरेक्ट रिलिफले पहिलो खेपमा ३७ प्रकारका दुर्लभ र महँगा औषधिहरू सहयोग गरेको हो। यसैगरी, संस्थाले नेपाललाई आवश्यकतानुसार आगामी पाँच वर्षसम्म क्यान्सर उपचारमा प्रयोग हुने औषधि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। ती औषधिहरू स्तन क्यान्सर, छाला क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमरजस्ता रोगहरूको उपचारमा प्रयोग हुनेछन्।

Classic Tech Desktop

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले सोही दिन उक्त औषधि भण्डारण गरेको थियो । औपचारिक रुपमा आज मन्त्रालयलाई हस्तान्तरण गरिएका ती औषधि र स्वास्थ्य सामग्रीहरु आजै क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरु विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बाँके र वीर अस्पताल काठमाडौंलाई हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल का अनुसार, नेपालले आवश्यक औषधिको सूची तयार गरी डाइरेक्ट रिलिफलाई पठाएको थियो। त्यसकै आधारमा पाँच वर्षका लागि निरन्तर औषधि आपूर्ति हुने आश्वासन प्राप्त भएको हो।

“क्यान्सर उपचार अत्यन्त महँगो छ, औषधिको मूल्य सर्वसाधारणले धान्न सक्दैनन्,” मन्त्री पौडेलले भने, “हाम्रो पहलमा प्राप्त यो सहयोगले बिरामीहरूलाई ठूलो राहत मिल्नेछ। सहयोग गर्ने सम्पूर्ण पक्षप्रति मन्त्रालय हार्दिक धन्यवाद ज्ञापन गर्दछ।”

प्रतिकृया