सर्वोच्च अदालतमा तीन न्यायाधीश र न्याय परिषद्मा एक सदस्यको नियुक्ति अनुमोदन
प्रकाशित मिति
२०८२ असार २३ गते, सोमबार ०१:४२
असार २३, २०८२ काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका तीन न्यायाधीश र न्याय परिषद्का एक सदस्यको नियुक्तिको प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। आइतबार बसेको बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका प्रमुख न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका प्रमुख न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त गर्ने प्रस्तावलाई अनुमोदन दिएको हो।
त्यसैगरी, समितिले न्याय परिषद्का सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नाम पनि स्वीकृत गरेको छ। समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीले प्रस्तुत गरेको विवरणअनुसार प्रस्तावित पदाधिकारीहरूको अवधारणा, सोच, क्षमता र उजुरीहरूको विस्तृत अध्ययनपछि सर्वसम्मत निर्णय गरिएको हो।

यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई समितिले न्यायालय र संवैधानिक निकायमा हुने नियुक्तिमा समावेशीताको सुनिश्चितता गर्न सुझाव दिएको थियो। मन्त्री चौरसियाले समितिको सुझावलाई सकारात्मक रूपमा लिँदै न्याय क्षेत्रमा समावेशीता कायम गर्न सरकार प्रतिबद्ध रहेको प्रतिक्रिया दिएका छन्।





प्रतिकृया