• १ असोज २०८३, बिहीबार
  • १०ः१० बिहान

डिशहोमले नेपालको पहिलो भर्चुअल ग्राहक प्रिभिलेज कार्ड सार्वजनिक गर्दै

प्रकाशित मिति

२०८२ असार २३ गते, सोमबार ०१:३५

असार २३, २०८२ काठमाडौं । डिशहोमले नेपालमा पहिलोपटक पूर्ण डिजिटल ‘भर्चुअल ग्राहक प्रिभिलेज कार्ड’ सार्वजनिक गर्ने तयारी गरेको छ। इन्टरनेट तथा टेलिभिजन सेवा क्षेत्रमा सक्रिय डिशहोमले “माइ डिशहोम एप” मार्फत यो सेवा ल्याउँदैछ, जसले ग्राहकको दैनिक जीवनशैलीमा थप मूल्य थप्ने उद्देश्य राखेको छ।

National Life

डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारामानन्धरका अनुसार, यो कार्डले केवल डिजिटल मनोरञ्जन र इन्टरनेट सेवा मात्र नभई उपभोक्ताको सम्पूर्ण जीवनशैलीमा सघाउ पुर्‍याउनेछ। “हामी डिजिटल जीवनशैली ईकोसिस्टम निर्माणतर्फ अगाडि बढिरहेका छौं,” उनले बताए।

एक्टिभ सदस्यता भएका ग्राहकहरूको मोबाइल एपमा स्वचालित रूपमा देखिने यो कार्डमार्फत ग्राहकहरूले २५ प्रतिशतसम्मको छुट पाउनेछन्। यो छुट होटल, क्याफे, रेस्टुरेन्ट, अस्पताल, स्किनकेयर, फिटनेस क्लब, मोबाइल एक्सेसोरिज, इलेक्ट्रोनिक्स, होम अप्लायन्सेस, अटोमोबाइल शोरूम र सपिङ मलहरूमा लागू हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

यो कार्ड केवल सक्रिय सदस्यता भएका प्रयोगकर्ताहरूको एपमा मात्र देखिने भएकाले यसको सुरक्षा र विशिष्टता सुनिश्चित गरिएको छ। सेवा सुरु भएपछि ग्राहकले “माइ डिशहोम एप” खोली सहभागी आउटलेटहरूमा डिजिटल कार्ड देखाएर छुट सुविधा लिन सक्नेछन्।

डिशहोमले इन्टरनेट, टिभी र अब ‘ग्राहक लाभ’ अनुभवलाई डिजिटलरूपमा एकीकृत गर्दै नेपालको डिजिटल युगमा नवीनता र नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको देखिन्छ। कम्पनीले ग्राहकलाई यो सुविधा लिनका लागि आफ्नो एप स्टोर वा प्ले स्टोरमार्फत “माइ डिशहोम एप” डाउनलोड वा अपडेट गर्न आग्रह गरेको छ।

प्रतिकृया