• ४ साउन २०८३, सोमबार
  • २:०८ बिहान

नेपाल शिक्षक महासंघविरुद्ध संसदीय समितिमा उजुरी, अनियमितताको आरोप

प्रकाशित मिति

२०८२ असार २३ गते, सोमबार ०१:३०

असार २३, २०८२ काठमाडौं । नेपाल शिक्षक महासंघविरुद्ध प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उजुरी परेको छ।शिक्षक नारायणप्रसाद घिमिरे र कार्यालय सहयोगी शंकरबहादुर कुमालले संसदीय समितिमा उजुरी दिंदै महासंघ दर्ताविना नै सञ्चालन गरिएको र अनियमित गतिविधि गर्दै आएको आरोप लगाएका छन्।

उजुरीमा महासंघले दर्ता विना नै संस्था सञ्चालन गरी लेटरप्याड र छापको अनधिकृत प्रयोग गरेको, सहयोग रकम, सदस्यता शुल्क, नवीकरण दस्तुरका नाममा रकम संकलन गरेको उल्लेख गरिएको छ।

Kamana Sewa

उनीहरूले महासंघका गतिविधि रोक्न र आवश्यक अनुसन्धान अघि बढाउन माग गरेका छन्। संसदीय समितिले यस विषयमा छलफल अघि बढाउने तयारी गरेको बताइएको छ।

Classic Tech Desktop

प्रतिकृया