• ३ साउन २०८३, आइतबार
  • ३:३८ बेलुका

विनायकमा एसइइ उत्तीर्ण विद्यार्थीहरूको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रम

प्रकाशित मिति

२०८२ असार २३ गते, सोमबार ०१:१६

असार २३, २०८२ भक्तपुर । प्रगतिशील सोचको रूपान्तरित शिक्षामा जोड दिँदै आएको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुल, मध्यपुर ठिमी भक्तपुरमा यही २०८२ साल असार २२ गते एसइइ उत्तीर्ण विद्यार्थीहरू तथा भूतपूर्व विद्यार्थी तथा नवोदित गायिका इन्द्रकला राईको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशराम लाछीको सभापतित्वमा र मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ५ र ६ का वडाध्यक्षहरूको विशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा शैक्षिक सत्र २०८१ को एसइइमा उत्कृष्ट अङ्क ल्याउन सफल छात्र र छात्रा प्रथम विद्यार्थीहरुलाई नगद ५/५ हजारसहित तुई काजी तुइल माया पुरस्कार ,मायाको चिनो र सर्टिफिकेटबाट सम्मानित गरिएको थियो।

Kamana Sewa

त्यस्तै, नवोदित गायिका इन्द्रकला राईलाई पनि नगद रु १० हजार सहित सम्मान गरिएको थियो। विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाद्वारा स्वागत मन्तव्य राखिएको र विद्यालयका शैक्षिक संयोजक शैलेन्द्र कुमार भट्टराईले सञ्चालन गरेको उक्त कार्यक्रममा मध्यपुर ठिमी नगरपालिकाकी शिक्षा शाखामा कार्यरत धनागिरी, ब्रिटिस कलेज युकेका प्रतिनिधि प्रिन्स न्यौपाने ,अभिभावक अतिथि सुपर बस्नेत लगायतका वक्ताहरूले आधुनिक र वैज्ञानिक शिक्षाका लागि विनायकले आजको प्रविधिलाई आत्मसात गर्दै विद्यार्थीको सर्वाङ्गिण विकास हुने किसिमले पठनपाठन गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको डिग्री प्लस टु तहमै प्रदान गर्न लागि परेकोमा बधाई ज्ञापन गरे ।

Classic Tech Desktop

कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले गुणस्तरीय शिक्षाका लागि धेरै टाढा नधाउन र अभिभावकको क्षमता अनुसार आर्थिक भारमा नपारी आफ्नै क्षेत्र वरिपरि का प्लस टु कलेजहरु र आफूले विश्वास गर्न सकिने ठाउँमा अध्ययन गरी आफ्नो उज्ज्वल भविष्यको लागि आफ्नालाई माया गर्न आग्रह गरे साथै सो कार्यक्रममा विनायकमै अध्ययन गरी सांगीतिक आकाशमा आफ्नो छुट्टै पहिचान कायम गर्न सफल नवोदित गायिका इन्द्रकला राईलाई सम्मान गर्दै उनको उत्तरोत्तर प्रगतिको कामनासमेत गरे। कार्यक्रममा इन्द्रकला राईको बेजोड सांगीतिक प्रस्तुति समेत रहेको थियो।

प्रतिकृया