• ३१ भदौ २०८३, बुधबार
  • ९ः१३ राती

किन चीन जान लागे पूर्व प्रधानमन्त्री खनाल ?

प्रकाशित मिति

२०८२ असार २३ गते, सोमबार १२:३१

असार २३, २०८२ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को निमन्त्रणामा चीन प्रस्थान गरेका छन्। खनाल चीनको राजधानी बेइजिङमा आयोजना हुने ‘विश्व सभ्यता संवाद’ मा सहभागी हुने कार्यक्रमसहित आज चीन प्रस्थान गरेका हुन्। बेइजिङ पुग्नु अघि उनले हेनान प्रान्तको तीन दिने भ्रमण गर्नेछन्।

National Life

उनले हेनानमा आधुनिक कृषि अनुसन्धान केन्द्र, डिजिटल प्रविधि कम्पनी, नयाँ ऊर्जा प्रविधि कारखाना तथा ग्रामीण पुनरुत्थानका नमूना परियोजनाहरूको अवलोकन गर्नेछन्। साथै, सिपिसी हेनान प्रान्तीय कमिटीद्वारा आयोजित विशेष अन्तरक्रियामा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ।

खनाल यही असार २५ गते बेइजिङ पुग्नेछन्। असार २६ गते (जुलाई १०) उनले ‘मन्त्रिस्तरीय विश्व सभ्यता संवाद’ अन्तर्गत ‘मानवताका साझा मूल्यहरूको संयुक्त प्रवद्र्धन’ विषयक पूर्ण सत्रमा र ‘सभ्यताहरूको आदानप्रदान, पारस्परिक सिकाइ र प्राज्ञिक संवाद’ शीर्षकको छैठौँ उप-मञ्चको उद्घाटन समारोहमा प्रमुख वक्ताको रूपमा मन्तव्य दिनेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

बेइजिङ बसाइका क्रममा खनालले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओलगायत शीर्ष नेताहरू र विभिन्न देशका सहभागीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय गरिएको छ। उनले पाँच दिने चीन भ्रमणपछि यही असार २७ गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिकृया