• ३ साउन २०८३, आइतबार
  • ३:३७ बेलुका

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

प्रकाशित मिति

२०८२ असार २३ गते, सोमबार १२:१८

असार २३, २०८२ काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक निर्धारित समयभन्दा ढिलो गरी बस्ने भएको छ। सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ३:३० बजेका लागि सारिएको हो।

१६ असारदेखि जारी बैठकमा अहिलेसम्म केन्द्रीय सदस्य र सहमहामन्त्रीहरूले आ–आफ्नो धारणा राखिसकेका छन्। आजको बैठकमा सभापति, उपसभापति र महामन्त्रीसहित पाँच जना नेताहरूले धारणा राखेपछि निर्णयसहित बैठक टुंग्याइने कार्यक्रम छ।

Kamana Sewa

बैठकका लागि पार्टीले १२ बुँदे एजेन्डा तय गरेको छ भने आजै निष्कर्ष निकाल्ने तयारी गरिएको छ।

Classic Tech Desktop

प्रतिकृया