• ३ साउन २०८३, आइतबार
  • ४:४६ बेलुका

मिड भ्याली कलेज: भक्तपुरमै छोटो समयमा गुणस्तरीय शिक्षाको नयाँ परिचय

प्रकाशित मिति

२०८२ असार २२ गते, आईतवार ०१:४०

सुभाष कुँवर

असार २२ , २०८२ भक्तपुर । कक्षा ११ र १२ हरेक विद्यार्थीका लागि महत्वपूर्ण मोड हो । यस मोडमा आइपुगेपछि उनीहरुले बढी नै मिहेनत र तयारी गर्नु जरुरी हुन्छ । वास्तवमा माध्यमिक तहको यो अन्तिम मोड भनेको शैक्षिक खुड्किलो उक्लने आधार शिविर नै हो । यहाँ विद्यार्थीहरुले गर्ने तयारी, अभ्यासले नै लक्षित चुचुरोमा पुग्ने वा नपुग्ने भन्ने मोटामोटी आधार तय गर्छ । हुन त करिअर वा लक्ष्य भन्ने कुरा निर्दिष्ट हुनैपर्छ भन्ने छैन, समय र परिस्थितिअनुसार एउटा कुरामा असफल भएपनि सँगसँगै धेरै सम्भावनाका बाटोहरु देखा परिरहेका हुन्छन् । तर प्लस टु विद्यार्थीले मेहनत गर्नै पर्ने प्राज्ञिक तह हो ।

Kamana Sewa

माध्यमिक शिक्षाकै रुपमा परिभाषित गरिएपनि कक्षा ११ मा प्रवेश गर्दै गर्दा उच्च शिक्षाको आधार यहीँबाट तय हुने भएकाले यो चरण विद्यार्थीका लागि विशेष मानिन्छ । भोलि के बन्ने ? कस्तो पेशा–व्यवसाय रोज्ने र? कुन क्षेत्रमा करियर बनाउने ? यी सम्पूर्ण कुराको धरातल निर्माण गर्ने चरण हो, कक्षा ११ र १२ । त्यसका लागि, छोटो समयमा गुणस्तरीय शिक्षा, प्रयोगात्मक सिकाइ, रचनात्मकता र विद्यार्थीको समग्र विकासमा समर्पित मिड भ्याली कलेज भक्तपुरका विद्यार्थी, अभिभावक र शैक्षिक क्षेत्रका व्यक्तिहरूबीच तीव्र रूपमा लोकप्रिय बन्दै गएको छ। “Adobe of Self Discovery” भन्ने मूल नाराका साथ स्थापना गरिएको यस कलेजले शिक्षाको माध्यमबाट व्यक्तिगत, पारिवारिक र सामाजिक रूपान्तरणको महत्वलाई आत्मसात गरेको छ। मिड भ्याली कलेजमा हाल प्लस टु तहमा साइन्स, म्यानेजमेन्ट र ल (कानुन) संकायमा अध्यापन भइरहेको छ।

Classic Tech Desktop

गुणस्तरीय शिक्षा, समावेशी वातावरण:

मध्यपुर थिमीको हृदयस्थलमा अवस्थित यस कलेजले विज्ञान, व्यवस्थापन र कानुन संकायमा कक्षा ११ र १२ को अध्ययन गराउँदै आएको छ। विद्यार्थीलाई शैक्षिक मात्र नभई सामाजिक र व्यक्तिगत रूपमा सशक्त बनाउने उद्देश्यले कलेजले समावेशी सिकाइ वातावरण तयार गरेको छ। डिजिटल र भिजुअल शिक्षण प्रणाली, व्यक्तिगत कुर्सीसहितको हाइजेनिक कक्षा कोठा, एसीको सुविधा, अडियो–भिडियो लेक्चर सामाग्री लगायतका प्रविधिमैत्री व्यवस्थाले विद्यार्थीलाई सहज र गुणस्तरीय अध्ययन वातावरण प्रदान गर्दै आएको छ।

आधुनिक प्रयोगशाला र खेलकुद सुविधा:

कलेजमा विज्ञान संकायका लागि अत्याधुनिक केमिस्ट्री, फिजिक्स र कम्प्युटर ल्याब रहेका छन्, जसमा प्रयोगात्मक शिक्षालाई विशेष प्राथमिकता दिइएको छ। प्रत्येक ल्याबमा प्रशिक्षित शिक्षकको सहयोगमा विद्यार्थीले प्रत्यक्ष प्रयोगात्मक अनुभव लिने अवसर पाउँछन्।

खेलकुदलाई शिक्षा सरह महत्त्व दिँदै मिड भ्याली कलेजले फुटसल, बास्केटबल र विशेषगरी कलेजकै बीचमा अवस्थित ‘बीच भलिबल कोर्ट’ स्थापना गरेको छ। अतिरिक्त क्रियाकलाप अन्तर्गत फुटसल प्रतियोगिता तथा अन्य खेलकुद कार्यक्रमको नियमित आयोजना गरिन्छ। निकट भविष्यमा फुटबल, भलिबल र क्रिकेटलाई समेट्ने स्पोर्ट्स एकेडेमी सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ।

नवीन शिक्षण विधि र क्लब गतिविधि:

कलेजले समूह परियोजना, नवप्रवर्तनात्मक कार्य, नेतृत्व गतिविधि, आलोचनात्मक तथा रचनात्मक सोच, फील्ड भिजिट लगायतका विद्यार्थी केन्द्रित शिक्षण विधिहरू लागू गरेको छ। १३ वटा क्लबहरू मार्फत विद्यार्थीको सृजनात्मकता, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व विकासमा जोड दिइएको छ।

छात्रवृत्ति र समावेशी पहुँच:

मिड भ्याली कलेजले शैक्षिक, सामाजिक र आर्थिक विविधता समेट्न ३६ वटाभन्दा बढी छात्रवृत्ति मापदण्ड तयार पारेको छ। जेहेन्दार, गरिब, दलित, जनजाति, सिंगल अभिभावक भएका विद्यार्थी, मधेशी, थारु तथा सातै प्रदेशका टपर विद्यार्थीलाई छात्रवृत्ति दिइन्छ। यसले सामाजिक न्याय र समान अवसरमा कलेजको प्रतिबद्धता देखाउँछ।

समाज रूपान्तरण र 3D मोडल:

कलेजले “Social Change Model” र “3D Model (Dream, Discipline, Dedication)” मार्फत शिक्षालाई केवल किताबी ज्ञानमा सीमित नराखी व्यवहारिक परिवर्तनको साधन बनाउने दृष्टिकोण अघि सारेको छ। कलेजको विश्वास छ—एक विद्यार्थी परिवर्तन भयो भने परिवार परिवर्तन हुन्छ, र परिवार परिवर्तन भयो भने समाज परिवर्तन हुन्छ।

स्थान र पहुँच:

अरनिको राजमार्ग नजिकै, मध्यपुर अस्पतालदेखि करिब १२० मिटर दूरीमा रहेको कलेजमा काठमाडौं, ललितपुर, काभ्रे र भक्तपुर जिल्लाबाट सहजै आवागमन गर्न सकिन्छ। कलेजको पहुँच, सुविधा र वातावरणले गर्दा राजधानीमै पढ्नुपर्ने सोचमा पुनर्विचार गर्ने विद्यार्थीका लागि यो उत्कृष्ट विकल्प बन्न पुगेको छ।

कलेजका प्रिन्सिपल गोविन्द जोशीका अनुसार, “भक्तपुरकै विद्यार्थीले काठमाडौं जानु नपरी यहीं बसेर गुणस्तरीय शिक्षा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले मिड भ्याली स्थापना गरिएको हो। स्थानको हिसाबले पनि यो एकदम उपयुक्त छ, साथै यो कलेजले एकेडेमिक, स्पोर्ट्स र सह–पाठ्यक्रम गतिविधिमा समान रूपले ध्यान दिइरहेको छ”उनले भने ।

मिड भ्याली कलेजले भक्तपुरमै अत्याधुनिक पूर्वाधार, अनुभवी शिक्षक टिम, समावेशी नीति, सामाजिक उत्तरदायित्व, प्रयोगात्मक शिक्षा, खेलकुद र सह-पाठ्यक्रम कार्यक्रमहरूको समन्वय मार्फत एक समृद्ध र सशक्त शैक्षिक वातावरण तयार पारेको छ। क्यारियरको प्रारम्भिक मोडमा रहेका विद्यार्थी र अभिभावकका लागि मिड भ्याली कलेज एक विश्वासिलो र प्रभावशाली गन्तव्य बन्न सफल भएको छ।

विस्तृत जानकारीका लागि मिड भ्याली एसएस कलेज, नयाँ थिमि भक्तपुरको सम्पर्क नं ०१–५९२१२०४, ९८०२३७१७३०, ९८०२३७१७३१ मार्फत पनि प्राप्त गर्न सकिनेछ ।

प्रतिकृया