• १ असोज २०८३, बिहीबार
  • १ः५८ राती

हुम्ला उडेका प्रधानमन्त्री ओली किन रोकिए सुर्खेतमै ?

प्रकाशित मिति

२०८२ असार २२ गते, आईतवार ०१:५७

असार २२ , २०८२ सुर्खेत । हुम्लाको चुवाखोलामा निर्माण सम्पन्न भएको बेलिब्रिज पुलको उद्घाटन गर्न हुम्ला उड्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको यात्रा मौसमको खराबीका कारण सुर्खेतमै रोकिएको छ।

National Life

प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, तथा एमाले उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवाली सहितको टोली शनिबार सुर्खेत पुगेका हुन्। तर, अविरल वर्षाका कारण मौसम खराब भएपछि उडान असम्भव बनेको हो।

हाल प्रधानमन्त्रीसहितको टोली नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वार्टर, सुर्खेतमा रहेको छ। मौसम सुधार भएलगत्तै टोली हुम्ला प्रस्थान गर्ने तयारीमा रहेको सेनाले जानकारी दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीसहित १८ सदस्यीय उच्चस्तरीय टोली सहभागी हुने तालिका रहेको थियो। टोलीमा कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल, प्रधानसेनापति अशोकराज सिक्देल, र पूर्वाधार सचिव केशवकुमार शर्मा समेत रहेका छन्।

हुम्लाको चुवाखोलामा निर्माण गरिएको बेलिब्रिज पुल नेपाली सेनाले ४ करोड लागतमा ३५ दिनमा निर्माण गरेको हो। यो पुलको सञ्चालनसँगै २६ वर्षपछि हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको ऐतिहासिक उपलब्धि हासिल भएको छ।

प्रतिकृया