• १ असोज २०८३, बिहीबार
  • ७ः०४ बिहान

पक्राउ परेका काठमाडौं भ्यूटावरका ठेकेदार भेटवाल थुनामै नबसी रिहा

प्रकाशित मिति

२०८२ असार २२ गते, आईतवार ०२:५८

असार २२ , २०८२ काठमाडौं । चेक बाउन्सको आरोपमा पक्राउ परेका काठमाडौं भ्यूटावरका ठेकेदार मनोजकुमार भेटवाल रिहा भएका छन्। जिल्ला अदालत काठमाडौंले म्याद थप नगरेपछि उनी असार १९ गते नै रिहा भएको हो।

National Life

भेटवाललाई असार १३ गते चेक बाउन्सको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। तर, पक्राउ परेपछि उनी सुटुक्क अस्पताल भर्ना भएका थिए र थुनामा बस्न नपरी रिहा भएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार, स्वास्थ्य कारण देखाउँदै अदालतले म्याद थप नगरेपछि प्रहरीसँग थप कारबाहीको बाटो खुलेन। “स्वास्थ्यको कारण देखाउँदै अदालतबाट म्याद थप भएन, त्यसपछि हामीले केही गर्न सक्दैनौं,” एसपी बोहराले जानकारी दिए। भेटवालमाथि झन्डै १० करोड रुपैयाँ बराबरको चेक बाउन्सको आरोप छ। यद्यपि, स्वास्थ्यका कारण देखाएर अनुसन्धानको प्रक्रियामै थुनामुक्त भएसँगै उनीमाथिको कानुनी प्रक्रिया भने अन्यौलमा परेको देखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया