• ४ साउन २०८३, सोमबार
  • १:३० बिहान

आज राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रकाशित मिति

२०८२ असार २० गते, शुक्रबार ०९:५२

असार २०, २०८२ काठमाडौं । संघीय संसद् राष्ट्रियसभाको बैठक आज दिउँसो १:१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि दफावार छलफल गर्ने कार्यसूची छ।

त्यस्तै, आज पाँच संसदीय समितिका बैठक पनि बस्दैछन्। अर्थ समितिमा ‘बैंक तथा वित्तीय संस्था ऐन’ संशोधन, पर्यटन समितिमा ‘नागरिक उड्डयन प्राधिकरण विधेयक’, कानुन समितिमा ‘कानुन व्यवसायी परिषद् विधेयक’, महिला समितिमा काम कारबाही छलफल, र पूर्वाधार विकास समितिमा विद्युत् तथा ऊर्जा विधेयकमाथि छलफल हुने कार्यसूची तय भएको छ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया