• ४ साउन २०८३, सोमबार
  • ७:३२ बेलुका

आज स्पेन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किदै

प्रकाशित मिति

२०८२ असार २० गते, शुक्रबार १०:०१

असार २०, २०८२ काठमाडौं । स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कने भएका छन् । कतारको दोहा हुदै स्वदेश फर्कने छन् । प्रधानमन्त्री ओली मेड्रिडस्थित अडोल्फो सौरेज बराजाज विमानस्थलबाट स्थानीय समयअनुसार राति ११ बजे दोहा प्रस्थान गरेका हुन् । प्रधानमन्त्री दोहा प्रस्थान गर्नुअघि उनलाई स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र अधिकारीहरूले विदाइ गरे ।

स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौंथो अन्तरर्राष्ट्रिय सम्मेलन’ मा सहभागी भई मेड्रिडका कार्यक्रम सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन् । गत असार १४ गते स्पेन आएका प्रधानमन्त्री ओली शुक्रबार साँझ ५ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।

Kamana Sewa

प्रतिकृया