• २१ भदौ २०८३, आइतबार
  • ७ः२६ बिहान

धनगढीमा भारी वर्षा : बजार क्षेत्र जलमग्न, सवारीसाधन अवरुद्ध

प्रकाशित मिति

२०८२ असार १६ गते, सोमबार ०१:५८

असार १६ , २०८२ काठमाडौं । कैलालीको धनगढीमा आइतबार साँझदेखि लगातार परेको भारी वर्षाका कारण धनगढी बजार क्षेत्र जलमग्न बनेको छ। भीषण वर्षाले सडक र बजार क्षेत्रमा पानी जम्दा जनजीवन प्रभावित भएको छ।

National Life

धनगढी बजार क्षेत्र डुबानमा परेकाले सवारीसाधन सञ्चालन ठप्प भएको छ भने पैदल यात्रुहरूलाई समेत आवतजावतमा कठिनाइ भएको छ। धेरै ठाउँमा घर, पसल र कार्यालयमा पानी पस्दा सर्वसाधारणको जनजीवन प्रभावित भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा धनगढी विमानस्थल आसपासको क्षेत्रमा २०२.२ मिलिमिटर वर्षा मापन गरिएको छ। यो मात्रा सामान्यभन्दा अत्यधिक भएको विभागले जनाएको छ।

विभागले लगातारको वर्षासँगै बाढी र डुबानको जोखिम बढेकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्नसमेत अनुरोध गरिएको छ। स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूले राहत तथा उद्धार कार्यका लागि तयारी अवस्थामा रहेको जनाइएको छ।

Classic Tech Desktop

प्रतिकृया