• २१ भदौ २०८३, आइतबार
  • २ः३९ राती

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरू (सूचीसहित)

प्रकाशित मिति

२०८२ असार १६ गते, सोमबार ०२:२९

असार १६ , २०८२ काठमाडौं । सरकारले असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सोमबार नियमित पत्रकार सम्मेलनमार्फत ती निर्णयहरू सार्वजनिक गरेका हुन्।

National Life

मन्त्रिपरिषद्का निर्णयहरूमा सरुवा, बढुवा, नियुक्ति, राष्ट्रिय चलचित्र दिवस मनाउने लगायतका विषय समावेश छन्। निर्णयअनुसार प्रत्येक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ का रूपमा मनाइने भएको छ।

त्यसैगरी, सहकारी संस्थाहरूबाट लिइएको कर्जा असुलीसम्बन्धी मुद्दाको कारबाहीलाई अघि बढाउन ‘कर्जा असुली न्यायाधिकरण’ गठन गरिएको छ। न्यायाधिकरणको अध्यक्षमा सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेत नियुक्त भएका छन् भने वसन्तराज पुरी र गोविन्द शर्मा गैह्रे सदस्यमा नियुक्त भएका छन्।

Classic Tech Desktop

बैठकले न्यायाधिकरण सञ्चालनका लागि अधिकृतस्तरका तीन पदको अस्थायी दरबन्दीसमेत स्वीकृत गरेको छ। यस निर्णयसँगै सहकारी क्षेत्रमा देखिएको कर्जा असुलीसम्बन्धी समस्या समाधानमा नयाँ संरचना तयार भएको सरकारको भनाइ छ।

निर्णयहरु:

प्रतिकृया