• २१ भदौ २०८३, आइतबार
  • ५ः३८ बिहान

सर्वोच्चका प्रस्तावित तीन न्यायाधीशको संसदीय सुनुवाइ सकियो, के आउला निर्णय ?

प्रकाशित मिति

२०८२ असार १६ गते, सोमबार ०२:५६

असार १६ , २०८२ काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित तीन जना न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया सकिएको छ। तर, संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गर्ने वा नगर्ने निर्णय भने अझै गरिसकेको छैन।

National Life

न्यायपरिषद्ले सिफारिस गरेका न्यायाधीश मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापामाथिको सुनुवाइ आइतबार सकिएको हो। उनीहरूविरुद्ध परेका उजुरीहरूमाथि लगातार सुनुवाइ चलिरहेको थियो।सुनुवाइ समिति सभापति ईश्वरी देवी न्यौपानेका अनुसार, “उहाँहरूको कार्ययोजना सुन्यौं, उजुरीमाथिको सुनुवाइ पनि टुंगियो। अब निर्णय गर्नका लागि अर्को बैठक बस्नेछ, तर मिति तय भइसकेको छैन।”

सुनुवाइका क्रममा विशेषगरी न्यायाधीश प्रस्तावित मेघराज पोखरेलको सन्दर्भमा केही सांसदले प्रश्न उठाएका थिए। पोखरेलको राजनीतिक र व्यापारिक पृष्ठभूमिको विषयमा छलफल भएको थियो। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पोखरेललाई न्यायाधीश बन्ने प्रक्रियाबाट अलग्गिन सुझाव नै दिएका थिए। बर्तौलाले भने, “मेरो व्यक्तिगत मत के हो भने, यो प्रक्रियाबाट तपाईं अलग्गिनु राम्रो हुन्छ।”

Classic Tech Desktop

सुनुवाइको क्रममा मेघराज पोखरेलले आफूले भविष्यमा अनुचित प्रभाव, प्रलोभन र धम्की सामना गर्नुपर्ने सम्भावना रहेको स्वीकार्दै न्यायिक मर्यादामा प्रतिबद्ध रहने बताएका थिए। अब समितिको अर्को बैठकमा अनुमोदन वा अस्वीकारको निर्णय गरिनेछ। हालसम्म बैठक कहिले बस्ने भन्नेबारे टुंगो लागिसकेको छैन।

प्रतिकृया